पाल्पामा १४८ जनामा कोरोना पुष्टि, एक संक्रमितको मृत्यु

0
242

बैशाख २२,२०७८ पाल्पा : पाल्पामा एकै दिन (आज)१ सय ४८ जनामा कोरोना पुष्टि भएको छ। यो संख्या अहिलेसम्मकै उच्च हो।

कुल २३९ जनाको परीक्षण भएकोमा १ सय ४८ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए। यसअघिको तुलनामा आज संक्रमितको संख्या वृद्धि भएको हो। उनका अनुसार पीसीआर र एन्टिजेन विधिबाट स्वाब परीक्षण गरिएको थियो।

जिल्लाको सदरमुकाम तानसेनमा सबैभन्दा धेरै ९३ जना संक्रमित थपिएका छन्। यस्तै रामपुर नगरपालिकामा १, माथागढीमा ४, बगनासकालीमा १०, तिनाउमा ४, रम्भा १ रिब्दीकोटमा १, रैनादेवी छहरामा ३३, रम्भा १, निस्दी गाउँपालिकामा १ जना कोरोना संक्रमित थपिएका उनले बताए। संक्रमित मध्य ९२ पुरुष र ५६ जना महिला छन्।

यससँगै पाल्पामा कोरोना संक्रमितको संख्या २ हजार ७७१ पुगेको छ। पाल्पामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा तानसेन नगरपालिका ३ का ७८ वर्षीय पुरुष छन्। उनको यही २० गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो। होम आइसोलेसनमा बसेका उनको आज मृत्यु भएको सूचना अधिकारी पन्थीले बताए।

SHARE