रामपुरमा होम आइसोलेशनमा बसेका सङ्क्रमितको निधन

0
21

बैशाख२०,२०७८ पाल्पा : पाल्पामा होम आइसोलेशनमा बसेका एक कोरोना सङ्क्रमितको निधन भएको छ । रामपुर नगरपालिका वडा नं १० गेझा बस्ने ७२ वर्षीय एक पुरुषको सोमवार बिहान करिव साढे दुई वजे निधन भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।
उच्च रक्तचाप रोगले ग्रसित रहेका ती पुरुषलाई गत वैशाख ३ गते उपचारको लागि युनाइटेड मिसन अस्पताल पाल्पा लगिएको थियो । वैशाख ८ गते एन्टिजिम रिपोर्ट पोजेटिभ आएपछि उपचाररत ती पुरुषलाई १३ गते मिसन अस्पतालबाट डिस्चार्ज भई घर फर्केको र होम आइसोलेशनमा निधन भएको रामपुर नगरपालिका वडा नं १० का वडा अध्यक्ष लिलबहादुर गाहाले जानकारी दिए ।
मृतक पुरुषको अहिले घर नजिकैको कालीगण्डकीको दोभान झम्मखोला स्थित आँधिघाटमा परिवार, आफन्त र स्थानीयको सहयोगमा शव व्यवस्थापन गर्ने तयारी भइरहेको वडा अध्यक्ष गाहाले बताए ।
रामपुर नगरपालिलकामा मात्रै कोभिड १९ को दोस्रो चरण अन्र्तगत २४ जना सङ्क्रमित रहेको नगरपालिकाका स्वास्थ्य संयोजक गिरीराज घिमिरेले जानकारी दिए । उनीहरु सबै होम आइसोलेशनमै रहेका छन् । हालसम्म पाल्पा जिल्लामा कोरोना सङ्क्रमणको कारण निधन हुनेको संख्या ४२ पुगेको छ ।

SHARE