गुल्मीमा हत्या भएको आठ महिनापछि अभियुक्त सार्वजनिक

0
494

वैशाख १९ ,२०७८गुल्मी
गुल्मीमा हत्याको सात महिनापछि अभियुक्त सार्वजनिक गरिएको छ । जिल्लाको इस्मा गाउँपालिका (१ छिनुवामा आफ्नै पसलमा कुटपिट गरि हत्या गरिएका मोति बहादुर कुवँरको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । घटनामा संलग्न इस्मा गाउँपालिका (१ का १८ बर्षिया रमेश कुमाल, अर्का १८ बर्षिया सन्तोष कुमाल र सोही ठाउँकै २० बर्षिया सुशील कुमाललाई सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पुरूषोत्तम प्रसाद पाण्डेले जानकारी दिए । कुवँरलाई गत बर्षको भदौ २१ गते आफ्नै पसलमा तीनजना मिलेर कुटपिट गरि हत्या गरेको स्वीकारेका छन् । वैशाख १७ गते पक्राउ परेका उनीहरूलाई जिल्ला अदालतबाट म्याद थप गरि घटनाको बिषयमा अनुसन्धान भइरहेको सुचना अधिकारी पाण्डेले बताए ।

SHARE