पाल्पामा चट्याङ लागेर एकको मृत्यु

0
258

बैशाख १९,२०७८ पाल्पा :पाल्पामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। यस्तै, दुईजना घाइते भएको छन्।

तिनाउँ गाउँपालिका–१ का १६ वर्षीय प्रेमबहादुर बगालेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। चट्याङ लागेर गम्भीर भएका बगालेको लुम्बिनी मेडिकल केलज प्रभासमा उपचारका क्रममा राति साढे ११ बजे मृत्यु भएको हो।

प्रहरीका अनुसार शनिबार राति करिब ८ बजे तिनाउँ गाउँपालिका–१ कचल मुहान टोलका कर्णबहानदुर उचईएको घरमा चट्याङ परेको थियो। चट्याङले लागेर तिनाउँ–१ का बगाले, १५ वर्षीया इन्दिरा उचाई र रैनादेवी छहरा गाउँपालिका–४ का १९ वर्षीय रामु गाहा घाइते भएको थिए। इन्दिरा र रामुको स्वास्थ्य सामान्य रहेको बताइएको छ।

SHARE