पाल्पामा टिपर दुर्घटना चालकको मृत्यु

0
228

बैशाख ८,२०७८ पाल्पाः पाल्पाको माथागढी गाउँपालिका(५ सुर्काबासमा टिपर दुर्घटनामा परी टिपर चालक सल्यानका ३७ वर्षीय भोलाराम बोहोराको मृत्यु भएको छ।

सुनवलबाट माथागढी(५ चुनढुंगा खानीतर्फ आउँदै गरेको लु २ ख ३६३६ नम्बरको टिपर गोठादी सुनवल सडकखण्डमा बुधबार बिहान करिब ७ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

टिपर सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले बताएको छ। दुर्घटना थलमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट टोली खटिएको बताइएको छ।

SHARE