रामपुरमा तीन महिने सिलाई कटाई तालिम सुरु

0
474

सुशीला रेग्मी
बैशाख ७,२०७८ पाल्पाःआधारभूत सिलाई कटाई सम्बन्धी तीन महिनो तालिम पाल्पाको रामपुर नगरपालिका वडा नं ३ रजघरामा सुरु भएको छ ।
रामपुुर नगरपालिकाको आयोजना तथा कालीगण्डकी मल्टी टेक्निकल इन्स्टिच्युट प्रालि रामपुरको सहकार्यमा तालिम सुरु गरिएको हो । वडा अध्यक्ष दिनेशकुमार खनालको अध्यक्षतामा भएको तालिम शुभारम्भका प्रमुख अतिथि नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले गरेकी हुन् ।
तालिम शुभारम्भ गर्दै नगर उपप्रमुख आचार्यले घरमै बसेर सिलाई कटाईको काम गरी आयस्रोत लिन सकिने भएको हुदा सीपलाई व्यवहारमा उतार्न आग्रह गरिन् । साथै उनले सिलाई कटाईको सीप सिकेर धैरै महिलाहरु आत्मनिर्भर बन्दै गइरहेको हुदा तीन महिनाको अवधीमा सीप सिकेर दक्ष बन्न सकिने बताउँदै तालिम सफलताको कामना गरिन ।
कालीगण्डकी मल्टी टेक्निकल इन्स्टिच्युट प्रालि रामपुरका सदस्य निलकण्ठ भण्डारीको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन रामपुर नगरपालिकाका लघुउद्यम विकास कार्यक्रमका फोकल पर्सन निरज पोखरेलले गरेका थिए ।
तालिममा रामपुर नगरपालिका वडा नं ३ का ११ जना महिलाको सहभागीता रहेको छ । तीन महिना सम्म संचालन हुने तालिमको सहजिकरण प्रशिक्षक शान्ति पोखरेल र कमला परियारले गर्नेछन् ।

SHARE