जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार जिप दुर्घटना , २ जनाको घटना स्थलमै मृत्यु

0
491

बैशाख १,२०७७ गुल्मी : गुल्मीबाट प्युठानको स्वर्गद्धारीमा गएको जिप दुर्घटना भएको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारीहरु सवार लु१ ज १६५५ नम्वरको जिप स्वर्गद्धारी नगरपालिका वडा नम्वर तीन रुम्ले र धरमपानीको बिच जंगलमा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको झिमरुक प्रहरी चौकीका प्रहरी नायव निरीक्षक बुद्धि रानाले जानकारी दिए ।
जिपमा १४ जना सवार भएको र मृत्यु हुनेहरुको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाको बारेमा बिस्तृत विवरण आउँन बाँकी छ ।

SHARE