अनिष पन्थी
चैत ३० ,२०७७ गुल्मी :रेसुङा बहुमुखी क्याम्पस तम्घास गुल्मीमा अध्ययन गर्न आएका नव आगन्तुक बिद्यार्थीहरुलाई एक कार्यक्रमको बिच स्वागत गरिएको छ ।
नेपाल बिद्यार्थी संघ रेसुङा बहुमुखी क्याम्पसको आयोजनामा स्नातक पहिलो बर्षमा अध्ययन गर्न आएका विद्यार्थीहरुलाई स्वागत गरिएको छ । साथै नव बर्ष २०७८ को अवसरमा शुभकामना आदानप्रदान गरिएको नेपाल बिद्यार्थी संघ रेसुङ्गा बहुमुखी क्याम्पसका ईकाइ सभापति पुनाराम घिमिरेले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका नेपाल बिद्यार्थी संघ गुल्मीका कार्यबाहक सभापति रामजी पन्थीले बिद्यार्थीहरुलाई क्याम्पसमा कुनै समस्या परे तत्काल जानकारी दिन अनि त्यसको समस्या समाधान तर्फ लाग्ने बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद बिघटनले देश उथलपुथल भएको र जसका कारण शैक्षिक स्थिती अलमलिएको बताए ।
कार्यक्रमा नेपाल बिद्यार्थी संघ गुल्मीका सह सचिव रोशन सिह ठकुरी, नेपाल् बिद्यार्थी संघ क्षेत्र न २ का सभापति अर्जुन पोख्रेलले मनतब्य राखेका थिए । नेपाल बिद्यार्थी संघ रेसुङ्गा बहुमुखी क्याम्पसकि इकाई सदस्य बसन्ता पोख्रेलको स्वागतबाट सुरु भएको कार्यक्रममा रेसुङ्गा बहुमुखी क्याम्पसका इकाई सभापति पुनाराम घिमिरेको अध्यक्षता रहेको थियो ।