रुपन्देहीमा तीन संक्रमितको मृत्यु

0
613

चैत ३०,२०७७ रुपन्देहीः बुटवलमा कोरोना भाइरस संक्रमणका कारण तीन जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देही, अर्घाखाँची र कपिलवस्तुका एक,एक जना संक्रमितको मृत्यु भएको हो ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ निवासी ७१ वर्षीय महिलाको सोमबार बिहान मृत्यु भएको छ । यही चैत २१ गते कोरोना अस्पतालमा भर्ना भएकी महिलामा ज्वरो, निमोनिया, श्वासप्रश्वासमा समस्यारहेको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा।विष्णु गौतमले जानकारी दिए । यस्तै अर्घाखाँचीको मालारानी गाउँपालिका –५ निवासी ७९ वर्षीय महिलाको पनि सोमबार बिहान मृत्यु भएको हो ।
चैत २७ गते अस्पताल भर्ना भएकी उनमा ज्वरो, निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएको थियो । त्यसैगरी कपिलवस्तुको वाँणगङ्गा नगरपालिका–३ निवासी ७१ वर्षीय पुरुषको सोमबार बिहान नै मृत्यु भएको छ । चैत २७ गते नै अस्पतालमा भर्ना भएका पुरुषमा ज्वरो निमोनिया, मधुमेह जस्ता समस्या रहेको अस्पतालका सूचना अधिकारी गौतमले बताए ।

SHARE