राष्ट्रपति रनिङ शिल्ड माथागढिको उपाधी सौभाग्य माविलाई

0
455

सुमन गाहा, २६ चैत्र, पाल्पा जिल्लाको माथागढी गाउँपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता झडेवाको किसान मा वि खेलमैदानमा सम्पन्न भएको छ । यस वर्षको दोस्रो राष्ट्रपति रनिङ शिल्ड सौभाग्य मा वि ले हात पारेको छ ।

गाउँपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्र र छात्रा को १० खेल समाबेश कुल ६० पदक को लागि भएको प्रतियोगितामा सौभाग्य मा वि चिदिपानीले १५ स्वर्ण, ५ रजत, ५ कास्य गरि २५ पदक सहित प्रथम हुन सफल भयो ।

त्यसै गरि किसान मा। वि। झडेवाले ४ स्वर्ण, ६ रजत,५ कास्य गरि १५ पदक सहित दोस्रो र दिव्य ज्योती मा वि कसेनीले ४ स्वर्ण, ६नरजत, ४ कास्य गरि १४ पदक सहित तेस्रो भएको छ ।

समापन समारोहमा बोल्दै विशिष्ट अतिथि माथागढी गाउँपालिकाका उपाध्यक्ष निर्मला भट्टराईले खेलाडी राष्ट्रका गहना भएकोले खेलाडीलाई सम्मान, माया र अबसर दिनुपर्नेमा जोड दिदै यो खेल हार र जित भन्दा पनि आफ्नो सीप प्रदर्शन गर्ने भएकोले हाम्रो भन्दा पनि राम्रो खेलाडी छनौट गरी जिल्ला स्तरीय प्रतियोगितामा गाउँपालिकाको नाम राख्न सम्पूर्ण खेलाडीलाई शुभकामना दिनुभयो।

कार्यक्रममा गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु नेपाल, गाँउपालिकाका शिक्षा शाखा प्रमुख अशेष भट्टराई लगायतले मन्त्वय राख्नुभएको थियो ।

कार्यक्रम माथागढी गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष मधु पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन गाउँपालिकाका शिक्षा शाखाका सम्पर्क व्यक्ति गजेन्द्र पन्थीले गर्नुभएको थियोे ।

SHARE