पत्रकार महासंघ गुल्मीको मतगणना सकियो,टोपलालअर्यालको प्यानल अत्यधिक वहुमतले विजयी

0
25

चैत २५
गोविन्द कंडेल , गुल्मी । नेपाली पत्रकारहरुको छाता सङ्गठन नेपाल पत्रकार महासंघको नेतृत्व चुन्न आज भएको निर्वाचनको मत परिणाम गुल्मीमा सार्वजनिक भएको छ ।

भर्खरै सार्वजनिक भएको ताजा मत परिणाम अनुसार टोपलाल अर्याल नेतृत्वको लोकतान्त्रिक तथा प्रगतिशिल समुह विजयि भएको छ ।

अनिल खत्री नेतृत्वको प्यानल लाइ पराजित गर्दै टोपलाल अर्याल नेतृत्वको उक्त संयुक्त प्यानल विजयी भएको हो ।

अर्याल गुल्मीमा लामो समय देखी खोज पत्रकारिताको क्षेत्रमा क्रियासिल छन । पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष अर्याल गुल्मेली मिडिया कर्मी एवं पाठक स्रोता हरूका विचमा चर्चित नाम हो । अर्याल यस अघि नेपाल पत्रकार महासंघ गुल्मीको सचिव थिए ।

नवनिर्वाचित अध्यक्ष अर्यालको समुहबाट उपाध्यक्षमा सिता भण्डारी र रेशम कुँवर, सचिव प्रेम सुनार, सहसचिव तिलाचन पाण्डे र तेजेन्द्र कुमार श्रेष्ठ, कोषाध्यक्ष कॏरव खत्री, सदस्यहरूमा महेश वोहोरा, मनोज कार्की, रमेश विश्वकर्मा, हुमाकान्त पोखरेल, हुमलाल भण्डारी,पुर्ण वहादुर खड्का क्षेत्री, यादव प्रसाद ज्ञवाली र सरस्वती जि।सी।विजयी भएका छन ।

महासंघको नेतृत्व चुन्न पहिलो पटक देशैभर एकसाथ प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् निर्वाचन गरिएको हो । केन्द्र, प्रदेश, जिल्ला र सम्बन्धित शाखाहरुको नेतृत्व चयनका लागि महासंघले एक साथ मतदानको व्यवस्था मिलाएको थियो ।

SHARE