रामपुरमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड हुदै

0
142

सुशीला रेग्मी

रामपुर (पाल्पा), २५ चैत

रामपुर नगरपालिकामा बुधवार देखि दोश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतीयोगीता हुने भएको छ । रामपुर नगरपालिकाको आयोजना र रामतुलसी माविको व्यवस्थापनमा हुने रनिङ शिल्ड प्रतीयोगीता अन्तर्गत छात्रछात्रा भलिवल, दौड बिधातर्फ एक सय मिटर, दुई सय मिटर, चार सय मिटर र आठ सय मिटर दौड, ट्रिपलजम्प, हाईजम्प, लङ्गजम्प, सटपुट, ज्याभ्लिन थ्रो, कराते खेल हुदैछ । बुधवार र बिहिवार रामतुलसी खेलमैदानमा हुने प्रतीयोगीताको सन्दर्भमा मंगलवार १९ मावि तहका विद्यालयका प्रधानाध्यापक, खेल समितिका शिक्षक बिच रामतुलसी माविमा छलफल भएको छ । बैठकको सहजिकरण रामतुलसी माविका प्रधानाध्यापक बालकृष्ण लम्सालले गर्नुभएको हो । बुधवार बिहान ९ वजेबाट कार्यक्रम सुरु हुनेछ । प्रतीयोगीतामा रामपुर नगरपालिकाका भित्रका १९ मावि तहका विद्यालयले मात्रै सहभागीता जनाउन पाउनेछन् । विजेताले यहि चैत २७ र २८ गते हुने जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतीयोगीतामा भाग लिन पाउनेछन् ।

SHARE