रामपुर साकोसले ६४ औँ राष्ट्रिय सहकारी दिवस मनायो

0
652

सुशीला रेग्मी
चैत २०,०७७ पाल्पा :रामपुर वचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर पाल्पाले ६४ औँ राष्ट्रिय सहकारी दिवस मनाएको छ ।
संस्थाका अध्यक्ष राजुप्रसाद श्रेष्ठको अध्यक्षतामा एक कार्यक्रम गरी ‘मर्यादित व्यवसाय र प्रबिधिमा सहकारी’ भन्ने नाराका साथ सहकारी दिवस मनाइएको हो । अध्यक्ष श्रेष्ठले सहकारीले गरेका गतिबिधि, सहकारी ऐन नियमबारे जानकारी गराउँदै अहिलेको अवस्थामा सहकारी संघ, प्रदेश र स्थानीय तहमा विभाजन भएको र रामपुर साकोस प्रदेश तह अन्र्तगत रही सेवा दिदै आएको बताए ।
लुम्बिनी प्रदेशमा मात्रै तीन हजार सात सय ५५ वटा सहकारी रहेको र त्यसबाट छ हजार नौ सय ९९ नागरिकले रोजगार गर्ने अवसर पाएको बताउँदै अध्यक्ष श्रेष्ठले वचत मात्र नभई सामाजिक क्षेत्रमा सहकारीले काम गरिरहेको जानकारी दिए ।
संस्थाका उपाध्यक्ष नगिलाल पौडेलको स्वागतबाट सुरु भएको कार्यक्रममा लेखा समिति संयोजक ज्ञानेन्द्रप्रसाद गैह«े, संचालक समिति सदस्य पवित्रा पौडेल ढकालले बोल्दै कार्यक्रम सफलताको कामना दिए । संचालक समितिका कोषाध्यक्ष भोजराज भट्टराईले धन्यवाद दिएको कार्यक्रमको संचालन व्यवस्थापक रामचन्द्र अधिकारीले गरेका थिए ।

SHARE