तिलाचन पाण्डे
चैत १६,२०७७ गुल्मी : स्थानीय कला र संस्कृतिको रक्षा गर्न मालिका गाउँपालिकाले मालिका लोक तारा संचालन गरेको छ ।
स्थानीय स्तरमा लुकेर रहेका प्रतिभाहरुलाई प्रस्फुटन गराउन र कला संस्कृतिको रक्षा गर्नका लागि मालिका लोक तारा संचालन गरिएको मालिका गाउँपालिकाले जनाएको छ ।
बिकास निर्माणका कार्यहरु जस्तै स्थानीय कला र संस्कृतिको पनि रक्षा गर्ने उद्येश्यले मालिका लोक तारा चलाइएको गाउँपालिाका प्रबक्ता एवं वडा नम्बर छ का वडाअध्यक्ष शोभाखर गिरीले जानकारी दिए ।
बिभिन्न चरणहरुमा संचालन गरिएको लोकताराको फाइनलमा ११ जना प्रतियोगीहरु थिए । जसमध्ये करुण बुढामगर मालिका लोकतारा घोषित भइन् । उनले निशुल्क रुपमा अडियो रेकर्ड गर्न पाउँनेछन् । सुरुको चरणमा ५० जना , दोस्रो चरणमा ४० जना , तेस्रो चरणमा १४ जना रहेका थिए । मालिका गाउँपालिकाको तीन लाख रुपियाँको आर्थिक सहयोगमा जनाधार मिडिया प्रालीले कार्यक्रमको सहजीकरण गरेको थियो ।
लोकताराको फाइनलमा बरिष्ठ लोकगायक बोमबहादुर कार्कीले प्रमुख निर्णयकको भूमिका निर्वाहा गरेका थिए । लाइभ गितबाट ६० नम्बर र ४० नम्बरको भोटिङ गरिएको थियो ।
कार्यक्रममा बरिष्ठ लोकदोहोरी गायक बोमबहादुर कार्की लगयत अन्य कलाकारहरुको प्रस्तुती रहेको थियो ।