पाल्पाको बगनासकाली गाउँपालिका बालमैत्री घोषणा

0
855

पाल्पा : जिल्लाको बगनासकाली गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गरिएको छ। शनिबार एक कार्यक्रमबीच घोषणा गरिएको हो।

कार्यक्रमकी प्रमुख अतिथि गाउँपालिकास्तरीय बाल सञ्जालकी संयोजक इन्दु गाहाले पानसमा बत्ती बालेर बालमैत्री गाउँपालिका घोषणा गरेकी हुन्।

गाउँपालिका बालमैत्री बनेपछि आफूहरूलाई जागरुप र उत्साहित बनाएको गाहाले बताइन्। आजको दिन यहाँका बालालिकाले ऐतिहासिक सफलता हात पारेको दिनको रुपमा रहने छ। आफूहरूलाई निर्धक्क भइ अगाडि बढेर हक अधिकार खोज्ने बाटो खुलेको उनले बताइन्। ‘बालबालिकाको भविष्य उज्वल बनाउन भव्य समारोहकाबीच फूल रोपिएको छ। यसलाई फक्रिन दिनुपर्छ’ उनले भनिन् ‘बीचमा निमोठ्ने वा सुकेर जान नदिने गरी यहाँका बालबालिकासहित अभिभावक र स्थानीय सरकारले भूमिका खेल्नुपर्छ।’ यहाँका सबै बालबालिका अधिकारसम्पन्न हुनेगरी आगामी कार्यक्रम अगाडि बढाउन सुझाइन्।

तीन वर्षको निरन्तर प्रयासपछि गाउँपालिकालाई बालमैत्री बनाउन सफल भएको गाउँपालिका उपाध्यक्ष सरस्वती चिदीले बताइन्। उनले भनिन्, अबका दिन यहाँका बालबालिकाको सक्रिय सहभागितामा बालमैत्री गतिविधि हुनेछन्।ु

SHARE