आगो निभाउने क्रममा जलेर पाल्पामा एक जनाको मृत्यु

0
257

चैत १५,२०७७ पाल्पा :वनमा लागेको आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा माथागढी गाउँपालिका–४ झडेवाका ६५ वर्षीय मानबहादुर सिंजाली छन्।

सिंजालीको शनिबार दिउसो आगो निभाउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए। स्थानीय दानसिंगा सामुदायिक वनमा आगलागी भएपछि उनी निभाउन पुगेका थिए।

आगो बढ्दै गएपछि दिउँसो करिब चार बजे उनको सोही ठाउँमा जलेर मृत्यु भएको त्वातीले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

SHARE