रामपुर खानेपानी आयोजनाको चौथो वार्षिक साधारण सभा

0
357

सुशीला रेग्मी
चैत ११,२०७७ पाल्पा :रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था रामपुर पाल्पाको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष राजुप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य युवराज खनालले पुर्बी पाल्पाको रामपुरमा रामपुर खानेपानी आयोजनाले घर घरमा खानेपानी सेवा पुर्याएको बताए । उनले समृद्ध नेपाल सुखी नेपालीको सपना साकार बनाउन यस योजनाले एक महत्वपूर्ण पाटोको रुपमा रहेकोमा जोड दिए ।
कार्यक्रममा खानेपानी योजना संस्थामा पु¥याएको योगदानको कदर गर्दै २६ जना तदर्थ समिति, ब्लक समितिका पूर्व सदस्य तथा पदाधिकारीलाई दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरिएको छ ।
साधारण सभामा संस्थाका अध्यक्ष श्रेष्ठले वार्षिक प्रतिवेदन पेश गर्दैै नेपाल सरकार र उपभोक्ताको ५०÷५० प्रतिशत सहलगानी गरी सम्पन्न गर्ने योजना भएको यस आयोजनामा नेपाल सरकारबाट ५० प्रतिशत लगानी भएको बताए । उनले एसियाली विकास बैंक र नगर विकास कोषबाट ४५ प्रतिशत ऋण कर्जा र उपभोक्ता सहभागीताबाट पाँच प्रतिशत रकम जम्मा गरी ठेक्का सम्झौता भएको आयोजनाको कुल लागत २० लाख ५७ हजारले बढेर २६ करोड ४० लाख १५ हजार आठ सय ५७ पुगेको बताए ।
एक घर –एक धारालाई प्राथमिकता दिएको यस योजना अन्तर्गत पाँच वटा भुमिगत स्रोत डिप बोरिङ छन् । स्किम एक अन्र्तगत रामपुर नगरपालिका कार्यालय अगाडी, रामपुर आयुर्वेदिक अस्पताल परिषरमा एक र ईलाका प्रहरी कार्यालय परिषर नजिक एक छन् । जसबाट प्रति सेकेण्ड ३७ लिटर, स्किम दुई अन्र्तगत बिरेन्द्रटार बोरिङ र शहीद बहुमुखी क्याम्पस नजिक गरी दुई वटा बोरिङबाट प्रति सेकेण्ड १७ लिटर पानी आउँछ ।
कोषाध्यक्ष बिष्णुमाया ढकालले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुहुदै आयोजना संचालन भएका घर घरमा डब्लुएचओ मापदण्डको गुणस्तरयुक्त खानेपानी पुगेको बताइन् । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य बुद्धिराज गौतम, नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिका सचिव चिरञ्जीवी सिग्देल, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष जनकराज ढकाल, सहीद बहुमुखी क्याम्पस रामपुरका अध्यक्ष देवराज ढकाल, रामपुर नगरपालिका वडा नं ६ का वडाअध्यक्ष हुमनाथ न्यौपाने, संस्थापक अध्यक्ष कमलराज भट्टराई, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकाल, नेपाल पत्रकार महासंघ जिल्ला सदस्य सिर्जना घिमिरे, सम्मानित व्यक्तिको तर्फबाट देवेन्द्रप्रसाद पोखरेल लगायतले बोल्दै कार्यक्रम सफलताको कामना गरे ।
संस्थाका सदस्य टेकबहादुर विकको स्वागतबाट शुरु भएको कार्यक्रममा सहभागीलाई धन्यवाद सदस्य कमल सेनले दिए । कार्यक्रमको संचालन सचिव शालिकराम सिग्देलले गरे । संस्थामा २०७७ माघ मसान्त सम्म उपभोक्ता सदस्य संख्या तीन हजार पाँच सय १० रहेको छ ।

SHARE