रामपुरमा मेलमिलापकर्तालाई पुर्नताजगी तालिम

0
376

सुशीला रेग्मी
चैत ३,२०७७ पाल्पा : रामपुर नगरपालिकाले मेलमिलापकर्ताका लागि पुर्नताजगी सम्बन्धी तीन दिने तालिम आयोजना गरेको छ ।
नगर उपप्रमुख तथा न्यायिक समितिका संयोजक विष्णुदेवी घिमिरे आचार्यको अध्यक्षतामा उद्घाटन गरी तालिम संचालन गरिएको छ । नगर प्रमुख रमणबहादुर थापाले तालिम उद्घाटन गर्नुहुदै न्याय सबैका लागि चाहिने बताउँदै वडामा भएका झै झगडा लगायतका विभिन्न समस्यालाई मेलमिलापकर्ता मार्फत वडामै समाधान गर्ने र वडास्तरबाट नसकेको खण्डमा नगरपालिकामा न्यायिक समितिमार्फत छलफल गरेर समाधान गर्ने बताए ।
न्यायिक समिति सदस्य तथा रामपुर ५ का वडा सदस्य विष्णप्रसाद बस्यालको स्वागतबाट सुरु भएको कार्यक्रममा वडा नं २ वडा अध्यक्ष ताराबहादुर थापा, ५ का अध्यक्ष हिमाल मल्ल, ८ का अध्यक्ष बोमबहादुर नामजाली लगायतले आफ्ना धारणा राखे ।
कार्यक्रमको संचालन न्यायिक समितिका सदस्य सचिव पुजा परियारले गरेकी थिइन् । तालिममा ३० जना मेलमिलापकर्ताको सहभागीता रहेको छ ।

SHARE