पेस्तोलसहित तीनजना पक्राउ

0
436

चैत २,०७७ रुपन्देही :रुपन्देहीमा कटुवा पेस्तोलसहित ३ जना पक्राउ परेका छन्।

जिल्लाको मर्चवारी गाउँपालिका ७ कन्चनापुरबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

पक्राउ पर्नेमा रुपन्देहीको सम्मरीमाई गाउँपालिका ९ बेतकुइयाका २४ वर्षिय सुरज हरिजन, सोही ठाउँका २३ वर्षिय तौलन हरिजन र सम्मरीमाई ७ भुन्डिहवाका सहिल मुसलमान रहेको रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी सत्यनारायण थापाले जानकारी दिए।​

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको डिएसपी थापाले बताए।

SHARE