गुल्मीको गण्डकी इङ्लिस बोडिङ्ग स्कुलमा विद्यार्थीलाई नृत्य मार्फत पढाई

0
412

सूर्य सुनार
फागुुन २९,२०७७ गुल्मी : विद्यालयमा विद्यार्थीहरुलाई सिकाई सहजीकरण गर्ने माध्यमहरु धेरै छन् । तर गुल्मीमा गण्डकी इङ्लिस बोडिङ् स्कुलले विद्यार्थीलाई जिल्लामै पहिलो पटक पढाई साथै अन्य क्रियाकलापमा उत्पेरित गर्न उदेश्यले नृत्य मार्फत पढाई प्रति आकर्षण गरेको छ ।

यो हो गण्डकी इङ्गलिस बोडिङ्ग स्कुल यो विद्यालय जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर १ साहुटोलमा रहेको छ । गण्डकी इङ्लिस बोडिङ् स्कुलले विद्यार्थीहरुलाई पढाई प्रति आकर्षण गर्ने उदेश्यले नृत्य मार्फत विद्यार्थिलाई पढाईमा आकर्षण गर्न लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठाकुरप्रसाद पाण्डेले जानकारी दिए ।
विद्यार्थीलाई पढाईले मात्र उनीहरुको शौक्षिक क्रियाकलापमा विकास नहुने भन्दै विद्यालयले जिल्लामै पहिलो पटक नृत्य मार्फत पढाईमा आकर्षण गर्न लागिएको पाण्डेले बताए ।
विद्यालयमा नृत्य मार्फत विद्यार्थीलाई पढाई प्रति आकर्षण गर्दा पढाइमा राम्रो प्रभाव परेको गण्डकी इङ्लिस बोडिङ् स्कुलका प्रवन्ध निर्देशक पशुपतिनाथ अर्यालले बताए । नृत्य मार्फत विद्यार्थीलाई सिकाउने गर्दा विद्यार्थिहरु उत्साहित तथा उनीहरुमा थप उर्जा सिर्जना भएको प्रवन्ध निर्देशक अर्यालले बताए । यस्तो कार्य विद्यालयमा संचालन गर्दा अभिभावक तथा विद्यालयप्रति आस्था राख्ने शिक्षा प्रेमीले धन्यवाद तथा बधाई दिइएको अर्यालले बताए । यस कार्यक्रमलाई विद्यालयले सधै निरन्तरतादिने उनले बताए ।
विद्यालयले विद्यार्थीहरुलाई नृत्य मार्फत पढाईमा आकर्षण गर्दा विद्यार्थिहरु विद्यालय आउन प्रति आकर्षण भएको अभिभावक बताउछन् । प्रत्येक दिन २५ मिनेट सम्म विद्यार्थिलाई नृत्य तथा अन्य क्रियाकलाप सिकाइने गरेको विद्यालयले जनाएको छ । उक्त विद्यालयले कक्षा आठमा २०६२ साल देखी ०७१ सम्म जिल्ला प्रथम भएको थियो । त्यस्तै २०७३ सालमा कक्षा दशमा गूल्मी जिल्ला दोस्रो हुन सफल भएको थियो । विद्यालयले विद्यार्थिहरुलाई विभिन्न समयमा योगा कक्षा समेत संचालन गरेको छ ।
जिल्लाका अन्य शौक्षिक संस्थाहरुले पनि विद्यार्थिहरुलाई पढाई प्रति आकर्षण गर्न यस्ता क्रियाकलाप विद्यालयले संचालन गर्ने हो भने पढाई प्रति तथा अन्य क्रियाकलापमा सहयोग हुने देखिन्छ ।

SHARE