स्वास्थ्य तथा अपाङ्गता परीक्षण घुम्ति शिविर तम्घासमा सम्पन्न

0
372

सूर्य सुनार
फागुन २९,२०७७ गुल्मी : सामाजमा अपाङ्गता भएका बालबालिकालाई नराम्रो दृष्टिले हेर्ने गरिन्छ । तर कतिपय व्यक्ति तथा संस्थाले सधै अपाङ्गताको क्षेत्रमा काम गरिरहेका छन् । त्यस्तै गुल्मीमा पनि अपाङ्ग बाल अस्पताल पुर्नस्थापना केन्द्रले स्वास्थ्य तथा अपाङ्गता परीक्षण घुम्ति शिविर तम्घासमा सम्पन्न गरेको छ ।
गुल्मीमा अपाङ्ग बाल अस्पताल पुर्नस्थापना केन्द्रले स्वास्थ्य तथा अपाङ्गता परीक्षण घुम्ति शिविर तम्घासमा सम्पन्न गरेको छ । जिल्लाका १२ वटा स्थानीय तहबाट अपाङ्गता भएका बालबालिकाहरु उक्त शिविरमा उपस्थित रहेका थिए । जसमा ८३ जना बालबालिकामध्य १८ बर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाहरुलाई परीक्षण एवंम पहिचानका लागि स्वास्थ्य तथा पुर्नस्थापना घुम्ति शिविर संचालन गरिएको अपाङ्ग बाल अस्पताल पुर्नस्थापना केन्द्र गुल्मीका कार्यालय प्रमुख होमराज केसीले जानकारी दिए ।
जिल्लामा कार्यालय स्थापना भएपछि अहिले सम्म अपाङ्ग भएका बालबालिकाहरुलाई उपचार तथा पुर्नस्थापना गरेको अपाङ्ग बाल अस्पताल पुर्नस्थापना केन्द्र गुल्मीका कार्यालय प्रमुख होमराज केसीले बताए ।
अपाङ्ग बाल अस्पतालका डाक्टार हिरा केसीले अपाङ्ग भएका बालबालिकाहरुलाई अभिभावक तथा अन्य क्षेत्रबाट उनीहरुलाई विभिन्न माध्यम द्धारा सहयोग गर्नुपर्ने बताए ।
अपाङ्ग भएका बालकालिकाहरुलाई उपचार गरे पछि स्वास्थ्यमा सुधार भएको अभिभावकहरुले बताएका छन् ।

जिल्लाका विभिन्न स्थानीय तहसंग संस्थाले समन्वय गरी अपाङ्ग बालबालिकाको क्षेत्रमा काम गरिरहेको अपाङ्ग बाल अस्पताल पुर्नस्थापना केन्दले जनाएको छ । संस्थाले जिल्लामा सक्रिय भई समाजमा अपाङ्गताको क्षेत्रमा काम गरिरहेको छ ।

SHARE