पाठशालालाई बहराइनको सहयोग

0
325

सुशीला रेग्मी
रामपुर (पाल्पा), २८ फागुन
गैरआवासीय नेपाली संघ (एनआरएन) बहराइनले संस्कृत विषय अध्ययन गर्ने बालबालिकालाई लत्ताकपडा, शैक्षिक सामग्री वितरण गरेको छ । स्याङ्गजाको चापाकोट नगरपालिकाको मणिमुकुन्देश्वर गुरुकुल पाठशालामा अध्ययन गर्ने बालबालिकालाई वितरण गरेको हो ।
एनआरएनले संस्कृत विषय अध्ययन गर्ने बालबालिकालाई सिरक १६ थान, ज्याकेट र टोपी १७÷१७ थान, कापी र कलम आठ सय १६ थान, कालो म्याट्रेस १७ थान गुरुकुल पाठशालाका बालबालिकालाई रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले हस्तान्तरण गर्नुभएको हो ।
नगर उपप्रमुख आचार्यले गुरुकुल पाठशालाका लागि एक थान भित्तेघडी, गुरुकुलमा रहेको मन्दिरका लागि आठ किलो तौल बराबरको एक थान घण्ट, चिया र कफी समेत मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दीर्घबन्धु पौडेललाई हस्तान्तरण गर्नुभएको छ ।
सामग्री हस्तान्तरण गर्दै नगर उपप्रमुख आचार्यले रोजगारको शिलशिलामा विदेशमा रहेर पनि गरेको यो सहयोगप्रति धन्यवाद दिनुभयो । गैरआवासीय संघ बहराइनका शुभेच्छुक समेत रहनुभएकी नगर उपप्रमुख आचार्यले दुख गरेर कमाएको धनलाई केही रकम सामाजिक भावनामा छुट्टाएर गुरुकुल पाठशालाका बालबालिकालाई गरेको सहयोगले विद्यार्थीमा पढ्ने हौसला मिल्ने बताउनुभयो ।
विश्वका भाषाहरुमध्ये सबैभन्दा पुरानो संस्कृत भएको र संस्कृत अध्ययन गरेको व्यक्ति अनुशासित हुने भएकाले संस्कृत भाषा र धर्म जोडिने हुदा यसको संरक्षण गर्न एनआरएनले सहयोग गरेकोमा सहयोगी संस्थालाई आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिन नगर उपप्रमुख आचार्यले आग्रह गर्नुभयो ।
गैरआवासीय नेपाली संघ बहराइनका कोषाध्यक्ष विष्णु आचार्य र चापाकोट नगरपालिकाका स्थानीय अच्युत बरालको पहलमा गुरुकुल पाठशालाका बालबालिकालाई सामग्री प्रदान गरिएको हो । गुरुकुल पाठशालमा अध्ययनरत बालबालिकाको अवस्था दयनिय रहेको जानकारी पाएपछि उनीहरुको शैक्षिक भबिष्य उज्वल बनाउन र पढाईमा हौसला बढाउन गैरआवासीय बहराइनका अध्यक्ष लक्ष्मी गिरीको अध्यक्षतामा बसेको बैठकले सहयोग गर्ने निर्णय बमोजिम विभिन्न व्यक्तिबाट सहयोग सङ्कलन गरी सामग्री पठाइएको हो
संघले समस्यामा परेका नेपालीलाई सहयोग गर्दै आइरहेको छ । सम्भव भएसम्म संस्थाबाट
जटिल समस्या भए आईसीसी गैरआवासीय संघसंग, नेपाली राजदूतावाससंग, विभिन्न संघसंस्था संग सहकार्य गरेर विभिन्न समस्याले दुख र पिडामा परेका नेपालीलाई सहयोग गर्दै आएको छ ।

कोभिड १९ को समयमा पनि समस्यामा परेका नेपाली नागरिकलाई राहत वितरण, स्वदेश फर्कन रकम अभावले नसकेका नागरिकलाई हवाई टिकटको व्यवस्थापन गरी पठाउने गरेको थियो । संस्थाले स्वदेशमा दैविक प्रकोपका कारण भएको धनजनको क्षति व्यहोरेकाहरुलाई सहयोग गर्न नेपाल सरकार विपत व्यवस्थापन कोषमा रकम समेत पठाएर विपतको पिडामा परेकाहरुलाई राहतको मलम लगाउँदै आएको संस्थाका सदस्यहरु बताउँछन् । विदेशमा पनि निशुल्क स्वास्थ्य शिविर जस्ता सामाजिक गतिबिधि गर्दै आएको एनआरएनका कोषाध्यक्ष विष्णु आचार्यले बताउनुभयो ।

SHARE