सूर्य सुनार
फागुन २६ ,२०७७ गुल्मी : सिसि क्यामेरा÷टिभी जडान गर्न जिल्ला प्रशासन कार्यालयमा अनुमति लिनुपर्ने व्यवस्था छ । गुल्मीमा भने ४ सय देखी ५ सय सम्म जिल्लामा सिसि क्यामेरा जडन गरिएको छ । तर प्रशासनमा भने जम्मा २८ वटा सिसि क्यामेरा दर्ता गरिएको छ ।
कार्यविधि अनुसार, सरकारी निकायले गृह मन्त्रालयसँग अग्रिम सहमति लिई सिसि क्यामेरा÷टिभी जडान गर्नुपर्ने छ भने उक्त दृश्यहरु गोप्य र सुरक्षित राख्नुपर्नेछ । सिसिटिभी फुटेजहरु अनुसन्धानको सिलसिलामा नेपाल प्रहरी लगायत अन्य सरकारी निकायले अनुसन्धानका लागि सिसि क्यामेरा÷टिभी जडान गर्ने गर्दछन् ।
गुल्मीमा खासगरी व्यवसायिक प्रतिष्ठान, संघ, संस्था, निजी निवास, बैंक तथा वित्तिय संस्थाले व्यवसायिक सुरक्षाका दृष्टिकोणले सिसि क्यामेरा÷टिभी जडान गर्ने गरेका छन् । तर जिल्लामा ४ सय देखी ५ सय सम्म सिसि क्यामेरा जडान छन् । तर प्रशासनमा भने अहिले सम्म जम्मा २८ वटा दर्ता गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले जानकारी दिए। प्रशासनमा यदी दर्ता नगरिएको भए छिटो दर्ता तथा जानकारी गराउन समेत पन्थीले आग्रह गरे ।
सिसिटिभी क्यामरा जडानले सुरक्षाको लागी सहजता, अपराध नियन्त्रण, प्रमाण जुटाउन सहज हुने भएकाले जिल्ला प्रहरी कार्यालयको निगरानीमा जिल्लाका विभिन्न ठाउँमा सिसिटिभी क्यामरा जडान गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।
सदरमुकाम तम्घासमा रहेको हाई इसपिड कम्युटर बाट जिल्लामा अहिले सम्म ४ सय देखी ५ सय सम्म सिसिटिभी क्यामरा विक्रि भएको व्यवसायिक कृष्ण खनालले जानकारी दिए । सिसिटिभी क्यामरा जडन गर्नु मात्र राम्रो नभई त्यसको रेकर्ड राखेको छ कि छैन् भनी ख्याल गर्नुपर्ने बताए ।
समग्र जिल्लाको अवस्था हेर्ने हो भने जिल्लामा सिसिटिभी क्यामरा धेरै जडन गरिएको तर प्रशासनले अनुगमन नगरेको पाइएको छ । यस्ता सम्वेदनशिल कुरालाई प्रशासनले विशेष ख्याल गर्नुपर्ने देखिन्छ ।
कार्यविधि विपरित जडान एवं सञ्चालन भए गरेको पाइएमा विद्युतीय कारोबार ऐन २०६३ बमोजिम कारवाही हुने गृह मन्त्रालयको सिसिटिभी, क्यामेरा सम्बन्धी कार्यविधिमा उल्लेख गरिएको छ ।