रामपुरमा सहयात्री नेपालद्धारा अन्र्तक्रिया कार्यक्रम

0
389

सुशीला रेग्मी
रामपुर (पाल्पा), २४ फागुन
सहयात्री नेपाल रामपुर पाल्पाले सोमवार १११ औँ अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अन्र्तक्रिया कार्यक्रम गरेको छ । संस्थाका अध्यक्ष राधिका भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य रहनुभएको हो । नगर उपप्रमुख आचार्यले हिंसामा परेका महिला अझैपनि घरभित्रै हिंसा दबाएर बस्न बाध्य रहेको बताउनुहुदै महिला पुरुषले गर्ने काम समान तर ज्यालामा अझैपनि महिलालाई असमान गरिएको हुदा काम र ज्याला दुबैको समान हुनुपर्ने बताउनुभएको छ ।
अन्र्तक्रिया कार्यक्रमको सहजिकरण गर्दै रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले जुन महिला पिडित छन् उसलाई नारी दिवसको सन्दर्भमा कुनै जानकारी नभएको बताउँदै महिलालाई शिक्षा, स्वास्थ्य रोजगार दिन सकियो भने यसले महिला शक्तिशाली बन्ने बताउनुभएको छ ।
कार्यक्रमको अवसरमा सुमन खाम्चा मगर र सीता ढकाललाई सम्मान पत्रले सम्मान गरिएको छ । कार्यक्रममा रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकाल, समृद्धि महिला समाज नेपाल रामपुरका अध्यक्ष सावित्रा गैह«े, सम्मानित महिला सुमन खाम्चा मगर, पत्रकार रमा भण्डारी लगायतले आफ्ना भनाई राख्नुभएको छ । संस्थाका उपाध्यक्ष सरस्वति भट्टराईको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन सचिव बन्दना पोखरेलले गर्नुभएको हो । सहभागीलाई धन्यवाद संस्थाका सल्लाहकार दुर्गादेवी रानाले दिनुभएको थियो ।

SHARE