सुशीला रेग्मी
रामपुर (पाल्पा), २४ फागुन
रामपुर नगरपालिकाले सोमवार १११ औँ अन्र्तराष्ट्रिय महिला दिवस म्याराथुन दौड प्रतियोगिता आयोजना गरी मनाइएको छ । महिला दिवसको अवसरमा लक्षित गरी महिलाहरुलाई मात्र संचालन गरिएको म्याराथुन दौड प्रतियोगितामा महिलाहरुले उत्साहजनक रुपमा सहभागीता जनाएका थिए ।
प्रतियोगितामा प्रथम रमा श्रेष्ठ, द्धित्तिय निशा खनाल, तृत्तिय रितु कुमाल हुनुभएको छ । सरस्वती राना, अनिता श्रेष्ठ, मनु परियार, अमृता थापा, सावित्रा सारु, सुशीला खत्री र विनिता थापाले सात्वना स्थान हासिल गर्न सफल हुनुभयो । प्रतियोगितामा प्रथम, द्धित्तिय र तृत्तिय पुरस्कार क्रमश ः नगद दश हजार, पाँच हजार, दुई हजार पाँच सय र सान्त्वना पुरस्कार सात जनालाई एक÷एक हजार साथमा प्रमाण पत्र, मेडल प्रदान गरिएको छ । प्रतियोगितामा दुई सय ३७ जनाले सहभागीता जनाएका थिए ।
दौड प्रतियोगितामा नगरपालिकाको कार्यालयबाट बेझाड बजार, नमुनामार्ग, सानीअमराई रामपुर अस्पताल, कालीआँप, डुम्रीगाउँ, किसानवारी बजार, बेझाडखेत राङभाङ हुदै पुनः बेझाड बजार नगरपालिका कार्यालय परिषर सम्मको स्थान कायम गरिएको थियो ।
रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले प्रतियोगितामा सोँचे भन्दा धेरै महिलाको सहभागीता रहेको बताउनुहुदै खेल क्षेत्रमा महिलालाई पनि अगाडी बढाउन नगरपालिकाले म्याराथुन दौड प्रतियोगिता आयोजना गरेको बताउनुभयो । नगर उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले गर्नुभएको हो ।