रामपुरमा ज्येष्ठ अभिभावक सम्मानित

0
641

सुशीला रेग्मी
रामपुर (पाल्पा), २२ फागुन
खोला चौतारी घाँस उपभोक्ता समुह रामपुर नगरपालिका वडा नं ७ पाल्पाले ज्येष्ठ अभिभावकलाई सम्मान कार्यक्रम गरेको छ । समुहका अध्यक्ष मोहनप्रसाद भट्टराईको अध्यक्षतामा खोला चौतारीमा एक कार्यक्रम गरी सम्मान गरिएको छ ।
समुहमा रहेर लामो समय सम्म योगदान गर्नुहुने ज्येष्ठ अभिभावकलाई सम्मान गरिएको हो । समुहका ज्येष्ठ सदस्यहरु मित्रलाल भट्टराई, विष्णुमाया भट्टराई, बुद्धिराज भट्टराई, यमप्रसाद भट्टराई, केशवराज भट्टराई, रुक्मागत भट्टराई, बेदप्रसाद भट्टराईलाई पाल्पाली ढाकाटोपी र सम्मान पत्रले सम्मान गरिएको छ । स्वर्गीय टिकाराम भट्टराई मरणोपरान्त सम्मान उहाँका धर्मपत्नी धनकुमारी भट्टराईलाई गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले समाजको विकास निर्माणको काममा अभिभावकको आर्शिवादले नै काम सफल भएको बताउँदै अभिभावकलाई हरेक वर्ष सम्मान गर्ने अवसरले काममा उत्प्रेरणा मिलेको बताएका छन् । नगर प्रमुख थापाले रामपुर नगरपालिका वडा नं ५ को कालीगण्डकीको तटमा रहेको धार्मिक तथा पर्यटकिय ऐतिहासिक रामघाट क्षेत्रमा ज्येष्ठ नागरिक ग्राम स्थापनाका लागि महिला तथा बालबालिका मन्त्रालयमार्फत २५ लाख वजेट स्वीकृत भएको जानकारी दिदै जीवनको उत्तराद्र्धमा बसोबास गर्न अब ज्येष्ठ नागरिक ग्राम निर्माण प्रक्रिया अगाडी बढाउने बताए ।
रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले ज्येष्ठ नागरिक समाजको अभिभावक रहेको र उनीहरुका दुख सुखका कुरा नगरपालिकाले सुन्ने र त्यसको सम्बोधन गर्ने बताउँदै ज्येष्ठ अभिभावक नगरपालिकाको साथमै रहेको बताएका छन् । समुहका सल्लाहकार बेदप्रसाद भट्टराई र सदस्य नेत्रप्रसाद भट्टराईले समुहले बिगतका वर्षमा गरेका गतिबिधिबारे जानकारी गराएका हुन भने , सदस्य मनोरथ भट्टराईको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन सचिव दुर्गाप्रसाद भट्टराईले गरेका हुन् ।

SHARE