रामपुरको नवदुर्गा माविमा उपभोक्ता जागरण सम्बन्धी अभिमुखीकरण

0
276

सुशीला रेग्मी
फागुन २१,२०७७ पाल्पा :विद्यालय उपभोक्ता जागरणका लागि अभिमुखीकरण कार्यक्रम नवदुर्गा माध्यमिक विद्यालय रामपुर नगरपालिका वडा नं ६ तिलकपुर पाल्पामा भएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय तानसेन पाल्पाको आयोजना तथा प्रशिक्षक दिपेन्द्र भट्टराईको संयोजकत्वमा कार्यक्रम भएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य रहेकी थिइन् ।
प्रमुख अतिथि नगर उपप्रमुख आचार्यले विद्यार्थीको माध्यमबाट घर, टोल र समुदायस्तरमा पुगेर सचेतना कार्यक्रम गर्नुपर्ने र त्यसको लागि नगरपालिकाले सहयोग गर्ने बताइन् ।
सहायक प्रधानाध्यापक कोमलचन्द्र कंडेलको स्वागतबाट सुरु भएको कार्यक्रममा प्रधानाध्यापक भानुभक्त न्यौपानेले विद्यालयमा जंकफुड निषेधको कार्य पूर्ण रुपमा बन्द गर्ने बताए । कार्यक्रममा कक्षा ९ र १० का विद्यार्थीहरु, शिक्षक, विद्यालय व्यवस्थापन समिति लगायतको सहभागीता रहेको थियो ।

SHARE