रामपुरमा रेडक्रस सम्बन्धी अभिमुखीकरण कार्यक्रम

0
366

सुशीला रेग्मी
फागुन २०,२०७७ पाल्पा : नेपाल रेडक्रस सोसाइटी रामपुर उपशाखाको आयोजनामा रेडक्रस सम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको छ ।
शाखा अध्यक्ष मनोरथ भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन रेडक्रसका जिल्ला सभापति बुद्धिप्रसाद शर्माले गर्दै संस्थाले मानवीय सेवाको भावना राखेर काम गर्ने र संस्थाले गरेका कार्यक्रमबारे जानकारी गराए । रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले यो संस्था अन्य संस्थाभन्दा फरक रहेको बताउँदै सामाजिक क्षेत्रमा सबैको सहकार्य र सहयोगमा संस्था अगाडी लैजान आग्रह गरे ।
रेडक्रस सोसाइटी जिल्ला महामन्त्री केशवप्रसाद पौडेल, पूर्व जिल्ला उपसभापति देवराज ढकाल, रामपुर शाखाका पूर्व सभापति तथा रामपुर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष तीर्थप्रसाद पंगेनी, रामपुर नगरपालिका वडा नं ६ का अध्यक्ष हुमनाथ न्यौपाने, वडा नं ३ का अध्यक्ष दिनेशकुमार खनाल, सामाजसेवी राजुप्रसाद श्रेष्ठ, आजिवन सदस्य नेत्रप्रसाद भट्टराई, पत्रकार बन्दना पोखरेल लगायतले आफ्ना भनाई राखे ।
रेडक्रसका सदस्य कमलराज भट्टराईको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन रामपुर शाखाका कोषाध्यक्ष दुर्गाप्रसाद भट्टराईले गरे भने धन्यवाद सदस्य रामबहादुर हिस्की थापाले दिए ।
कार्यक्रमका अवसरमा नयाँ सदस्यता समेत वितरण गरिएको छ । रेडक्रस सोसाइटीको स्वर्ण महोत्सवको अवसरमा गत कात्तिक १ गते देखि पुष १५ गते सम्म एम्बुलेन्स सेवा प्रयोग गरी अस्पतालसम्म सुुत्केरी भएका र कागज पत्र पेश गरी स्वीकृत भएका नौ जना रामपुरका महिलाहरुलाई एकतर्फी भाडा रकम हस्तान्तरण गरिएको छ ।
सीमा सुनार, कन्चन थापा, सबिता आचार्य, गिता राना, फरिया बानु, सपना राना, रितु परियार, पार्वती परियारलाई रामपुर देखि पाल्पा सदरमुकाम तानसेन सम्मको एकतर्फी भाडा प्रतिव्यक्ति चार हजार पाँच सयका दरले र असिया खातुनलाई रामपुर अस्पताल सम्मको एक हजार पाँच सय भाडा प्रदान गरिएको छ ।
कार्यक्रमको सहजीकरण रेडक्रसका जिल्ला सभापति बुद्धिप्रसाद शर्मा, रेडक्रस सोसाइटी जिल्ला महामन्त्री केशवप्रसाद पौडेल र कार्यक्रम अधिकृत विनोद भारतीले गरेका थिए ।

SHARE