रामकृष्ण कंडेल
फागुन १८,२०७७ गुल्मी : दुबै मृगौला फेल भएकी सीतालाई आर्थिक रकम हस्तान्तरण गरिएको छ ।
गुल्मीदरबार गाउँपालिका वडा न (६ बगैंचा निवासी श्री कृष्ण बि। क। को ३६ वर्षकी श्रीमती सीता बिकको दुबै मृगौला फेल भएको र आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले उपचारमा समस्या परिरहेको हुदा गुल्मी दरबार ( ६ मा स्थापना भएकोचारपालाला फ्रेड क्लबका वैदेशिक रोजगारी को सिलसिलामा बिदेश रहनु भएका सदस्य साथीभाइहरुले निजको उपचार को लागी पुन थप दोर्सो रकम रु ५००००(पचास हजार) सहयोग गरेकोमा उक्त रकम एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ ।
उक्त रकम हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष श्री हिरा बहादुर खत्री प्रमुख आतिथि र इन्दिरा ज्ञावाली बिशेश अतिथी थिए ।
क्लबका सस्थापक उपाध्यक्ष तथा सल्लाहकार जीवलाल पौडेल लगायत अन्य सदस्य हरुको उपस्थिती रहेको थियो । सहयोग गर्ने साथीहरू लाई चारपाला फ्रेन्डस क्लबको तर्फबाट धेरै धेरै धन्यवाद दिदै सीता बि ।क। को शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं
सहयोगी हातहरु
१) बसन्त ज्ञावाली र उहाको साथीहरू बाट रु ४०००० (चालीस हजार) हाल दक्षिण कोरिया
२) चक्र बहादुर रायमाझी का छोरा कृष्ण रायमाझी रु१०००० (दस हजार) हाल बेलायत
नोटः पहिलो चरणमा रु ८६००० (छ्यासी हजार) र दोर्सो चरणमा रु ५०००० (पचास हजार) गरि १३६०००(एक लाख छत्तीस हजार) क्लबको तर्फ बाट सहयोग भएको छ । सहयोग गर्नु हुने सम्पुर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद छ ।थप सहयोगको लागि हार्दिक आपिल गर्दछौ ।सम्पर्क नम्बरहरु श्रीमान कृष्ण बि क, ९८४७४४११०७, जिवलाल पौडेल९८५७०६७१५४ टोप ब थापा ९८४७०९०८५९ वा मृगौला पीडितको एस बि आई बैंक को खाता नम्बर २०९१५२४१४०३३५२ मा सोझै सहयोग गर्न सक्नु हुने छ धन्यवाद ।
चारपाला फ्रेन्डस क्लब