
सुशीला रेग्मी
रामपुर (पाल्पा), १४ फागुन : पाल्पाको रामपुर नगरपालिका वडा नं ७ किसानबारी स्थित सडक पुलमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।
रामपुर नगरपालिका वडा नं ६ विजयपुर बस्ने अन्दाजी ३० वर्षीय सन्जु रानाको बिहिवार राती साढे नौ वजे मोटरसाइकलमा यात्राका क्रममा सडक पुलबाट खसेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।
रामपुर नगरपालिका ४ खोप्टारबाट विजयपुर घरतर्फ जादै लु १३ प ६८१४ नम्बरको मोटरसाइकलमा जाने क्रममा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको बुझिएको छ । मोटरसाइकल सडक पुलबाट करिव सात मिटर तल खसेको प्रहरीले जनाएको छ ।








