
सुशीला रेग्मी
रामपुर (पाल्पा), ८ फागुन : पाल्पाको पूर्वखोला गाउँपालिका ४ छेबकुन स्थित बालुवा खानीमा बालुवाको ढिस्कोले पुरिएर दुई महिलाको मृत्यु भएको छ ।
बालुवा खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर पूर्वखोला गाउँपालिका ४ बलीपोखराकी १३ वर्षीया पबित्रा सारु र सोही ठाउँकै ३६ वर्षीया मायादेवी सिंको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सारुको घटनास्थलमा नै र सिंको स्थानीय मेडिकलमा उपचारका लागि लैजादै गर्दा बाटोमा नै मृत्यु भएको हो । शनिबार दिउँसो ३:४० मा बालुवा खन्ने क्रममा अचानक माथिबाट बालुवाको ढिस्को खसेपछि उनीहरु पुरिएका थिए ।








