
फागुन २,२०७७ रुपन्देही : रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरेले प्रचण्ड नेपाल समुह परित्याग गरेका छन ।
घिमिरे संगै उप प्रमुख जगेश्वरी देवी चौधरी र अधिकांश कार्यपालिका सदस्य समेतले प्रचण्ड नेपाल समुह त्याग गरेर केपी शर्मा ओली समुहमा प्रवेश गरेका हुन ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव बिष्णु पौडेलसंग आफुहरु प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अगाडि सारेको मुलुकको समृद्धि को अभियानमा सहभागी हुने निर्णय गरेको बताईएको छ ।
घिमिरे प्रचण्ड नेपाल समुहका नेता घनश्याम भुषालका अत्यन्त निकट मानिन्छन् । बुटवलको भेलालाई सम्वोधन गर्न बुटवल आएका महासचिव पौडेललाई बिदाई गर्न प्रमुख घिमिरे तथा उप प्रमुख चौधरी भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल पुगेका थिए ।








