आश्रमका ज्येष्ठ नागरिकलाई न्यानो कपडा संगै कोरोना बिरुद्धको खोप

0
362

माघ २७,२०७७ गुल्मी : सत्यवती गाउँपालिका वडा नं १ अस्लेवाको राममन्दिर आश्रममा रहेका ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा बितरण संगै कोरोना बिरुद्धको खोप लगाइएको छ ।
राममन्दिर तारकेश्वर परमानन्द सन्यास आश्रममा रहेका ४८ जना ज्येष्ठ नागरिक र आश्रममा खटिने १२ जना गरि ६० जनालाई कोरोना बिरुद्धको खोप लगाइएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्याले जानकारी दिए । यो संगै गुल्मीमा एक हजार सात सय ४५ जनाले पहिलो चरणमा कोरोना बिरुद्धको खोप लगाएका छन् ।
पहिलो चरणमा स्वास्थ्य कर्मी सरसफाइकर्मी ,एम्बुलेन्स चालक र बृद्ध आश्रममा रहेका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
यसैबिच आश्रममा रहेका ज्येष्ठ नागरिकहरुलाई प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्माले १० थान न्यानो कपडा कम्मल बितरण गरेकी छन् । जिल्ला बिपद ब्यबस्थापन कोशबाट चिसोको समयमा ज्येष्ठ नागरिकहरुलाई समस्या नहोस भनेर न्यानो कपडा कम्मल बितरण गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताइन् । यता प्रमुख जिल्ला अधिकारी शर्माले आश्रममा रहेका ज्येष्ठ नागरिकहरुलाई एक छाक भोजन समेत गरएकी छिन् ।
आश्रममा अहिले ६० बर्ष भन्दा माथि ९३ बर्ष सम्मका ज्येष्ठ नागरिकहरु रहेको सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिए । गाउँपालिकाले आश्रममा पुर्वाधार निर्माण सङगै अन्य क्षेत्रमा बार्षिक १० लाख रुपैयाँ सम्म सहयोग गर्दै आएको ढकालले दाबी गरे । अहिले आश्रममा एक छाक भोजन गराउनेको लाइन लाग्ने गरेको उनले बताए ।

SHARE