फर्निचरमा आगलागी हुँदा नौ लाख बराबरको क्षति

0
333
सांकेतिक तस्बिर

सुशीला रेग्मी
रामपुर (पाल्पा), २६ माघ : रैनादेवी छहरा गाउँपालिका वडा नं ४ बस्ने युवराज रजालीको फर्निचर उद्योगमा आगलागी हुँदा नौ लाख बराबरको क्षति भएको छ ।
रजालीको एकतले जस्तापाताको छानो भएको कच्ची फर्निचर उद्योगमा अचानक आगलागी भएको हो । सोमवार बिहान करिव ४ : ३० वजेको समयमा लागेको आगो बिहान ५ :५० वजे ईलाका प्रहरी कार्यालय मुझुङ पाल्पाबाट खटिएको प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको हो ।
आगलागीबाट फर्निचरभित्र रहेका मेसिन, काठ, तयार भएका फर्निचर तथा प्लाईउड लगायतका सामान जली पुर्ण रुपमा नष्ट भएको छ । बिद्युत् सर्ट भई आगलागी भएको हुन सक्ने अनुमान प्रहरीको छ । घटनाबारे भने थप अनुसन्धान भइरहेको छ ।

SHARE