पाल्पाको कालिज फर्ममा चितुवा पस्यो

0
440

माघ २५,२०७७
पाल्पा : पाल्पामा व्यावसायिक रुपमा कालिजपालन गरिंदै आएको फर्ममा चितुवाले आक्रमण गर्दा एक सयबढी कालिज नष्ट गरेको छ।

तानसेन नगारपालिका वडा नं ५ को ढुंगाखानी नजिकैको कालिज फर्ममा भएको काफलको रुखबाट पसेको चितुवाले सयबढी कालिज मारेको डिभिजन वन कार्यालय पाल्पाका रेन्जर यमलाल पोखरेलले जानकारी दिए।

रातिको समयमा अन्जानमा फसेको चितुवालाई नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा फर्मबाट बाहिर निकालिएको रेन्जर पोखरेलले बताए।

जिल्लामा चितुवालाई नियन्त्रण लिने साधन र दक्ष जनशक्ती नभएको हुँदा झन्डै ५ घण्टाको प्रयासपछि चितुवालाई जंगलमै छाडिएको छ। बिहान कालिजलाई दाना दिने क्रममा चितुवा देखेपछि स्थानयिले वन कार्यालयमा सम्पर्क गरेको थिए।

चितुवालले फर्ममा रहेका सयबढी कालिज नष्ट गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

SHARE