छत्रकोट गाउँपालिकाद्धारा उपभोक्ता समितिसंग वडामै गएर योजना सम्झौता

0
413
छत्रकोट गाउँपालिका कार्यालयको तस्विर :खबरमार्केट

माघ २३,२०७७ : गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले प्रत्येक वडामा गई उपभोक्ता समितिहरुसंग योजनाको सम्झौता गरेको छ ।
पालिकाबाट वडा स्तरमा संचालन हुने बिकास निर्माणका योजनाहरु वडा स्तरमै गएर सम्झौता गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर भण्डारीले जानकारी दिए । उपभोक्ता समितिहरुसंग सहज र सरल तरिकाले गाउँमै गएर योजना सम्झौता गर्दा उपभोक्ताहरुलाई झन्झट पनि नहुने र खर्च पनि नहुने भन्दै वडामै गएर सम्झौता गरिएको भण्डारीले बताए ।
पालिकाबाट चालु आर्थिक बर्षमा ३७५ वटा योजनाहरु कार्यन्वयनको चरणमा रहेको भन्दै उपभोक्ताहरुसंग सरल तरिकाले सम्झौता गर्ने गरी ब्यबस्था गरेको गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्तले जानकारी दिए । हालसम्म १३० वटा योजनाहरुको सम्झौता भएको र बाँकी योजनाहरुको पनि सम्झौता गर्ने प्रक्रियामै रहेको पन्तले बताए ।
यस अघि जिल्लाको गुल्मीदरबार गाउँपालिकाले पनि वडा स्तरमै गएर उपभोक्ता समितिहरुसंग योजनाको सम्झौता गरेको थियो ।

SHARE