रामपुरमा विद्यार्थीलाई स्वीटर र टोपी वितरण

0
246

सुशीला रेग्मी

माघ १६,२०७७ पाल्पा : रामपुर नगरपालिका वडा नं ४ पाल्पाले विद्यार्थीलाई स्विटर र टोपी वितरण गरेको छ ।
विद्यार्थी प्रोत्साहन कार्यक्रम अन्तर्गत ६१ जना विद्यार्थीलाई स्विटर र टोपी वितरण गरिएको हो । वडा अध्यक्ष एकबहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य रहेकी थिइन् ।
प्रमुख अतिथि नगर उपप्रमुख आचार्यले शिक्षा आर्जन गरेर उज्ज्वल भविष्य बनाउन विद्यार्थीलाई शुभकामना दिइन् । विद्यालयमा अनुशासनमा रहेर मेहनतका साथ पढ्न अनुरोध गर्दै उनले नगरभित्रका जेहेन्दार, गरिव, विपन्न, दलित विद्यार्थीका लागि सहयोगका कार्यक्रम गरिरहेको बताइन् ।

कार्यक्रममा सीता माविका शिक्षक जीवन पराजुली, नेपाली कांग्रेस वडा कार्यसमिति सभापति वसन्तराम ठाडा, सीता माविका विद्यार्थी सुमित्रा थापा लगायतले बोल्दै यस कार्यक्रमले पठनपाठनमा विद्यार्थीलाई हौसला मिलेको बताए ।
वडाभित्र रहेका सीताराम माविका १०, सीता माविका ११, कालिका आधारभुतका १०, लक्ष्मी आधारभुतका १०, मदरसा नुरुल हुदा अहले सुन्नत प्राथमिक विद्यालयका १०, मदरसा नुरुल हुदा आधारभुत विद्यालयका १० जना गरी जम्मा ६१ जना विद्यार्थीलाई प्रत्येकलाई एक÷एक वटा जाडोको न्यानो टोपी र स्विटर वितरण गरिएको वडा सदस्य सिमादेवी रानाले जानकारी दिइन् ।
वडा सदस्य मकबुल मियाँको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन वडा सचिव रजनी भण्डारीले गरिन् । सोही अवसरमा वडा सचिव भण्डारीले विद्यार्थीलाई वडाबाट दिइने सेवा सुबिधाका सम्बन्धमा जानकारी गराइन् ।
वडा कार्यालयको यस आर्थिक वर्षमा विनियोजन गरिएको पचास हजार वजेटबाट कार्यक्रम गरिएको वडा सदस्य पार्वती परियारले बताइन् ।

SHARE