कुलोमा डुबेर बालकको मृत्यु

0
248

माघ १६,२०७७ पाल्पा : कुलोमा डुबेर पाल्पामा एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा रामपुर नगरपालिका–५ मटेरीका योगमाया थापाको १९ महिनाका छोरा प्रतीन रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए।

शिशु घर अगाडि रहेको कुलोमा शुक्रबार मध्याह्न १२ बजे डुबिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। योगमायाले कुलोबाट निकालेर उपचारको लागि रामपुर अस्पतालमा पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक पचभैयाले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

SHARE