अनिल खत्री, गुल्मी कार्तिक ५ ।
गुल्मीको सदरमुकाम तम्घासमा किरण पुस्ताकालयको अत्याधुनिक भबन निर्माण सुरु भएको छ। जिल्लाको सदरमुकाम तम्घासमा रहेको निकै पुरानो पुस्ताकालय किरण पुस्ताकालयको स्वर्ण जयन्तीको अबसरमा सुबिधा सम्पन्न पुस्ताकालय भवन बन्न सुरु भएको हो ।
२०२५ सालमा तम्घास गाउँ विकास समिति (तत्कालीन लक्ष्मीपुर गाउँ पञ्चायत ) वार्ड नम्बर १ हालको रेसुङ्गा नगरपालिका १ मा रहेको किरण पुस्तकालयको स्थापनाको लामो अबधीमा अत्याधुनिक भवन बन्न सुरु भएको छ। सामान्य स्थानीय एक व्यक्तिको घरमा श्रुती, स्मृति ,पुराण , कर्मकाण्डका केही पुस्तक पाठ्यपुस्तकहरु संकलन गरी पुस्तकालयको शुभारम्भ गरिएको थियो ।
स्थानीय स्तरमा आबश्यकता अनुसारका पुस्तकहरु स्वयसेवकहरुले नै किनेर पुस्ताकालय सञ्चालन हुँदै आएको छ। तत्कालिन समयमा तम्घासमा बिद्यालय पनि कम र कहि कतै पुस्ताकालय नभएकाले स्थानीहरु मिलेर स्थापना गरिएको किरण पुस्ताकालयका संस्थापक एवं रेसुङ्गा बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख शशि पन्थीले बताए ।
सामान्य रुपमा स्थापना गर्न लागि परेकाहरुले नै स्वयमसेवकको रुपमा समय दिएर पुस्ताकालय सञ्चालन हुँदै आएको छ । निकै पुरा र जीर्ण अबस्थामा सञ्चालन हुँदै आएको पुस्ताकालयलाई अत्याधुनिक सुविधासम्पन्न कम्प्युटरहरु राखेर ईलाइब्रेरीको व्यवश्था गर्न नयाँ भवन निर्माण कार्य सुरु भएको संस्थापक पन्थीले बताए । पुस्ताकालयलाई बिस्तृत रुपमा सञ्चालन गर्ने उदेश्यले अत्याधुनिक उपकरणहरु सहित सञ्चालन गर्ने उदेश्यले भवन माग गरेर बनाउन थालिएको पन्थीको भनाई छ । बिभिन्न चरणमा बिभिन्न ठाउँमा जीर्ण भवन र अबव्यवस्थित रुपमा पुस्ताकालय सञ्चालन हुँदै आएको थियो ।
भवनलाई जिल्लाको र नेपालकै लागि अत्याधुनिक बनाउने गरि डिजाइन तयार गरिएको छ । नेपाल सरकार पुनरनिर्माण प्राधिकरणको आर्थिक सहयोग रु ३ करोड ४२ लाखको लागतमा ४ तले भवनको सुनिल समिर बाँसुरी जेभीले निर्माणले निर्माणको काम गरिरहेको छ । भवनलाई निर्माण कम्पनीले २१ म्हिनाको अबधीमा सम्पन्न गर्ने सम्झौता गरेको छ । भनव निर्माण कार्य तिब्र गतिमा अगाडी बढिरहको छ ।
जिल्लाको सदरमुकाम तम्घासमा रहेको किरण पुस्तकलय सबै भन्दा पुरानो किरण पुस्ताकलय हो । साहित्यिक क्षेत्र र पुस्ताकलय क्षेत्रमा काम गर्दै आएको पुस्ताकलयले स्थापना कालदेखि हाम्रो पुरुषार्थ नामक साहित्यिक पत्रिकाको प्रकाशन गर्दै आईरहेको छ । पुस्ताकालय स्थापना हुँदा तम्घासमा कुनै प्रकारका आधुनिक पाठशालाहरू, पुस्तकालय पनि थिएनन् । गाउँघरका पण्डितहरुका घर आँगन पेटीपाठशालाहरु कर्मकाण्ड, ज्योतिष, व्याकरण र पुराणका केही पुस्तकहरु गाउँघरका पण्डितहरूले संग्रह गर्दथे ।
पुस्तकालयका प्रारम्भिक स्वरूप र स्रोत तिनै हुन् । आधुनिक सुविधासम्पन्न ४ तले पक्की भवन निर्माण गर्न श्रम रोजगार मन्त्री गोकर्ण बिस्टले २०७५ कार्तिक १८ गते भवनको सिलान्यास गरेका थिए। भवनको निर्माण कार्य पूरा भएपछि पुस्तकालय अझै बढी वेवस्थित रुपमा सन्चालन हुनेछ । पुस्तकालयमा ५ दशक अघिदेखि नै मेचीदेखि महाकालीसम्मका विभिन्न पत्र(पत्रिकाहरु पढ्न पाईने व्यवश्था मिलाइएको थियो ।
यस पुस्तकालयमा हाल करीब १० हजार पुस्तकहरु, नेपाली भाषा, संस्कृत भाषा, हिन्दी, अंग्रेजी भाषका समाज उपयोगी संग्रह रहेका छन् । शुरू शुरुमा दर्ता भएका पुस्तकहरु धेरै जीर्ण भएका छन् भने कति च्यातिएर कामै नलाग्ने भएका छन् ।