तिलाचन पाण्डे
माघ १४,२०७७ गुल्मी : तानसेनबाट गुल्मी प्रबेश गर्ने सवारी साधनहरुमा तानसेन नगरपालिकाले नियम बिपरित लिएको करको गुल्मीका ब्यबसायीहरुले बिरोध जनाएका छन् ।
गुल्मी प्रबेश गर्ने सवारी साधनमा नगरपालिकाले स्थानीय पुर्वाधार सडक उपभोगको नाममा शुल्क उठाउने कार्य तत्काल बन्द गर्नुपर्ने भन्दै गुल्मी उद्योग बाणिज्य संघले गुल्मी जिल्लाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्मा मार्फत पाल्पाका प्रमुख जिल्ला अधिकारी लाई ज्ञापनपत्र बुझाएको छ ।
तानसेन नगरपालिकाले आँफूहरुको फाइदाका लागि मनोमानी रुपमा सवारी धनीलाई मर्का पर्ने गरि बिद्यमान कानून बिपरीत शुल्क उठाएको गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामीले बताए । नगरपालिकाले उठाउँदै आएको सवारी करलाई तत्काल खारेज गर्नुपर्ने उनीहरुको माग छ ।
संबिधानको धारा २३६ अनुसार एक प्रदेश वा अर्को स्थानीय तहमा हुने बस्तुको ढुवानी वा सेवाको बिस्तारमा कुनै किसिमको बाधा अबरोध गर्न वा कर, शुल्क , दस्तुर वा महशुल लगाउन , बस्तुको सेवा वा ढुवानी सेवा बिस्तारमा कुनै किसिमको भेदभाब गर्न पाइने छैन भनि उल्लेख गरिएको छ ।
नगरपालिकाले हल्का सवारी साधन प्रबेशमा २० र फर्किदा २० रुपैयाँ असुल्दै आएको छ भने भारी सवारी साधन प्रबेशमा ४० र फर्किदा ४० रुपैयाँ तिर्न बाध्य भएको माहासचिब ताराप्रसाद भुसालले जानकारी दिए ।
दुबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको ध्यान आकर्षण गराउँदा पनि समस्या समाधान नभए प्रदेश सरकार समक्ष अाँफूहरु जान बाध्य हुने अध्यक्ष भलामीले बताए ।
यस्तै पछिल्लो समयमा गुल्मी जिल्लामा अपराधका घटनाहरु बृद्धि हुँदै जानु र अपराधीहरु पत्ता नलाग्नुमा समेत उद्योग बाणिज्य संघको गम्भीर ध्यान आकर्षण भएको जनाएको छ ।
यता गुल्मी जिल्लाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेबि शर्माले पाल्पाका प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र पठाउने र समस्या समाधान गर्नमा पहल गर्ने जानकारी दिइन् ।