
सुशीला रेग्मी
रामपुर (पाल्पा), १० माघ
पाल्पाको रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले स्काउटको क्षेत्रलाई फराकिलो बनाएर काम गर्नुपर्ने बताएकी छन् । रामपुर स्काउट ट्रुप रामपुर अंग्रेजी आवासीय माविको आयोेजनामा स्काउट सम्बन्धी भएको जनचेतनामूलक एकहप्ते कार्यक्रमको समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नगर उपप्रमुख आचार्यले स्काउटले स्वास्थ्य सम्बन्धी नागरिकलाई सचेत बनाउने भएकाले सेवाको क्षेत्रलाई सके पाल्पा जिल्लाभरी नसके रामपुर नगरपालिका भित्र जनचेतनामुलक कार्यक्रमलाई अगाडी बढाउनु पर्नेमा जोड दिइन् । यस कार्यक्रमले बालबालिका तथा नागरिकलाई कोरोना भाइरस सङ्क्रमणबाट बच्न सचेत गराउने भएको हुदा अत्यन्तै राम्रो रहेको बताउदै नगरका एक देखि दशवटै वडा सम्म समिति बिस्तार गरी काम गर्न अनुरोध गरेकी छन् । स्काउटको नयाँ समितिमा नगरपालिकालाई पनि समेटर काम गर्न सुझाव दिदै नगर उपप्रमुख आचार्यले आफुले स्काउटले गर्ने कार्यक्रमलाई सक्दो सहयोग गर्ने बाचा समेत गरिन् ।

कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्यले स्काउट संस्थामार्फत माध्यमबाट विश्वलाई नै प्रभावित बनाएको कोरोना भाइरस सङ्क्रमण सम्बन्धी जनचेतनामुलक कार्यक्रम गरेकोमा धन्यवाद दिए । उनले नेपाल सरकारले पनि कोभिडको दश लाख डोज औषधी नेपाल भित्र्याएको जानकारी दिदै नियमित मास्क सेवन, साबुनपानीले मिचिमिचि हात धुन र स्यानीटाइजरको प्रयोग, भौतिक दुरी कायम गरेर कोरोनाको जोखिमबाट बच्न आग्रह गरेका छन् ।
रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकाल, उद्योग उपाध्यक्ष रुद्रनारायण श्रेष्ठ, रामपुर अंग्रेजी आवासीय माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद रेग्मी, समाजसेवी हजिलदिन मियाँ, प्रिन्सिपल अनन्त भण्डारी लगायतले बोल्दै स्काउटले स्वास्थ्य सचेतना लगायतका क्षेत्रमा काम गर्ने भएको हुदा यसले विद्यालय तथा समाजमा राम्रो प्रभाव पार्ने भएकाले सक्रियताका साथ काम गर्न नेतृत्व पङ्क्तिलाई अनुरोध गरे ।
गत माघ २ गतेबाट सुरु भएको कार्यक्रमबेझाड बजार चोक प्रहरी बिटमा स्काउट रामपुरका प्रतिनिधि सागर श्रेष्ठको अध्यक्षतामा कार्यक्रम गरी समापन गरिएको हो । विद्यार्थी सन्देश कंडेलले सहभागीलाई स्वागत गरेका थिए । विद्यार्थीले रमाईलो विविध सांस्कृतिक प्रस्तुती तथा आफ्ना प्रतिभा देखाएको कार्यक्रमको संचालन शिक्षक शालिकराम थापा र विद्यार्थी सुरक्षा गौतमले गरेका हुन् । कार्यक्रमका अवसरमा विद्यार्थी धिरज थापा र सुमिना श्रेष्ठले स्काउटको महत्व र कामबारे जानकारी दिएका थिए । रामपुर अंग्रेजी आवासीय स्कुलबाट सुरु भएको एकहप्ते जनचेतनामूलक अभियान कार्यक्रम अन्तर्गत गत माघ २ गते देखि बेझाड बजार, किसानवारी बजार, मटेरी लगायतका विभिन्न स्थानमा पुगेर नागरिकलाई विद्यार्थीले पर्चा तथा मास्क वितरण गर्दै स्काउटको महत्व, कामबारे जानकारी दिइएको छ ।








