पाल्पामा सिकार खेल्ने क्रममा एकको मृत्यु

0
251

सुशीला रेग्मी

रामपुर (पाल्पा), ९ माघ : सिकार खेल्ने क्रममा पाल्पाको रिब्दिकोट गाउँपालिका वडा नं ८ दानसिङडाँडाको चिलाउनेपानी सामुदायिक वनमा भरुवा बन्दुक पड्कदा १३ वर्षीय लक्ष्मण छहारीको मृत्यु भएको छ ।

रिब्दीकोट ८ बस्ने मृतक छहारी सहित बिहिवार राती चार जना वनमा सिकार खेल्न गएका थिए । गएराती करिव नौ वजेको समयमा सिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्कीदा छहारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

मृतक छहारी संगै सिकार खेल्न गएका रैनादेवी छहरा गाउँपालिका ४ भर्माटुङका १७ वर्षीय ज्ञानबहादुर गाहा, सोही स्थानका १४ वर्षीय कमल राना र रिब्दीकोट गाउँपालिका ८ दानसिङडाँडाका १३ वर्षीय देवबहादुर गाहालाई भरुवा बन्दुक सहित प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ ।

SHARE