रामपुर उपत्यका पर्यटन विकास समितिको साधारण सभा सम्पन्न

0
519

सुशीला रेग्मी

माघ ७,२०७७ पाल्पा : रामपुर उपत्यका पर्यटन विकास समिति रामपुर पाल्पाको वार्षिक साधारण सभा तथा अधिवेशन कार्यक्रम भएको छ ।
पर्यटन विकास समिति अध्यक्ष मुरारीप्रसाद काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगरपालिकाका प्रमुख रमणबहादुर थापा रहेका थिए । नगर प्रमुख थापाले देवघाट, पोखरा र भैरहवालाई जोडेर रामपुरको पर्यटनको सम्भावना रहेको बताउँदै अन्तरपालिका बीचको सम्बन्ध बढाएर अगाडी बढ्ने बताए ।

कार्यक्रममा नगर उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य, नेपाल कम्युनिष्ट पार्टी नेकपाका नगर अध्यक्ष कमलराज भट्टराई, नेपाली कांग्रेस नगर सभापति नेत्रप्रसाद भट्टराई, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकाल, रामपुर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष तीर्थप्रसाद पंगेनी, नेपाल पत्रकार महासंघ जिल्ला सदस्य दुर्गेश मल्ल लगायतले बोलेका थिए ।

सहिद बहुमुखी क्याम्पसको सभाहलमा भएको कार्यक्रममा समितिका उपाध्यक्ष लुकबहादुर बिरकट्टाले स्वागत गरे । कार्यक्रममा वार्षिक तथा आर्थिक प्रगति प्रतिवेदन समितिका अध्यक्ष काफ्लेले पढेर सुनाए ।
कार्यक्रम संचालन पर्यटन विकास समितिका सहसचिव बासुदेव ढकालले गरे । कार्यक्रममा सहभागीलाई धन्यवाद समितिका सदस्य देवराज ढकालले दिए । साधारण सभाले नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको अध्यक्षमा श्यामकान्त खनाल, उपाध्यक्षमा सुकदेव पोखरेल, सचिवमा बन्दना पोखरेल, सहसचिवमा कमला नेपाली, कोषाध्यक्षमा दुर्गेश मल्ल, सदस्यहरुमा एकराज शर्मा अर्याल, कृष्णप्रसाद लम्साल, ईश्वरी खनाल र बिमला ढकाल रहेका छन् ।

SHARE