रामपुरमा स्काउट सम्बन्धी जनचेतना जगाउँदै विद्यार्थीहरु

0
469

सुशीला रेग्मी

माघ ६,२०७७ पाल्पा : रामपुर स्काउट ट्रुप रामपुर अंग्रेजी आवासीय माविको आयोेजनामा स्काउट सम्बन्धी जनचेतनामूलक कार्यक्रममा विद्यार्थीहरु निस्केका छन् ।

रामपुरका विभिन्न बजार, टोल, वस्तीमा शिक्षक तथा स्काउट रामपुरका प्रतिनिधि सागर श्रेष्ठको नेतृत्वमा विद्यार्थीहरुले जनचेतना जगाउने कार्य गरिरहेका छन् । बेझाड बजारमा भएको कार्यक्रमको शुभारम्भ रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले गरिन । नगर उपप्रमुख आचार्यले यस कार्यक्रम अत्यन्तै राम्रो रहेको बताउदै कार्यक्रमलाई सानो क्षेत्रमा मात्र नभई नगरभित्र फराकिलो तरिकाले संचालन गर्नुपर्ने बताउनुहुदै नगरपालिकाको तर्फबाट सक्दो गर्ने बताइन् । उनले विद्यालय विद्यालयमा पुगेर विद्यार्थीलाई सचेत बनाउने र यस कार्यमा सबैलाई सहभागी हुन अनुरोध गरिन।

उपप्रमुख आचार्य लगायत बेझाड बजारका नागरिकलाई विद्यार्थीले पर्चा तथा मास्क वितरण गर्दै स्काटको महत्व, कामबारे जानकारी दिएका छन् । रामपुर अंग्रेजी आवासीय स्कुलबाट सुरु भएको एकहप्ते जनचेतनामूलक अभियान कार्यक्रम अन्तर्गत किसानवारी बजार, मटेरी, कान्जिहाउस लगायतका स्थानमा पुगेर पर्चा, मास्क वितरण गर्दै स्काउटको महत्वबारे जानकारी दिइएको छ ।

SHARE