रामपुरमा कृषकलाई तरकारीका वीउ बिजन वितरण

0
372

सुशीला रेग्मी

माघ ६,२०७७ पाल्पा :एक वडा एक उत्पादन नीति लिएको रामपुर नगरपालिकाले व्यवसायीक तरकारी उत्पादनमा जोड दिन कृषकलाई सहयोग गर्दै आइरहेको छ ।
एक वडा एक उत्पादन कार्यक्रम अन्र्तगत रामपुर नगरपालिका वडा नं ७ का कृषकलाई करेला तथा घिरौलाको वीउ बिजन वितरण गरिएको छ । वीउ बिजन वितरण कार्यक्रम अन्तर्गत वडा नं ७ को कार्यालयमा एक कार्यक्रम गरी बीउ बिजन वितरण गरिएको हो ।
वडा अध्यक्ष तिर्थप्रसाद पंगेनीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाको रहेको थियो । उनले प्रत्येक टोल अनुसार फरक फरक खालको तरकारी लगाउन सकियो भने कृषि पर्यटन बढाउन सकिने बताए ।
तरकारीले बजार नपाएको खण्डमा नगरपालिकाले बजार प्रबन्ध मिलाउने बताउदै नगर प्रमुख थापाले नगरका दशवटै वडामा एक वडा एक उत्पादन विभाजन गरी तरकारी खेती गर्न थालिएको बताए ।

वडा सदस्य कमलराज भट्टराईले सहभागीलाई स्वागत गर्दै उद्देश्यमाथि प्रकाश पार्नुभएको कार्यक्रमको संचालन वडा कार्यालय सहायक गिता पौडेलले गरेकी थिइन् ।
वडाले १४ वटा टोल विकास संस्थामा आबद्द करिव आठ सय ७१ जना कृषकलाई निशुल्क वीउ बिजन वितरण गरिएको वडा सचिव धनेन्द्र खनालले जानकारी दिए । रामपुर नगरपालिकाको एक वडा एक उत्पादन कार्यक्रम अन्तर्गत वडा नं ७ लाई करेला तथा घिरौला खेती गर्न जोड दिइएको छ ।
यस आर्थिक वर्षमा वडाले करेला तथा घिरौला खेतिका लागि दुई लाख रकम विनियोजन गरी कृषकलाई वितरण गरेको छ । साथमा विरुवा उत्पादनका लागि प्लाष्टिकका थुंगा, प्लाष्टिक टनेल, विषादी समेत वितरण गरिएको छ ।
बीउ विजन लगाउने तरिका संबन्धी किसान एग्रोभेटका संचालक सुर्य भट्टराईले जानकारी गराए ।
रामपुर नगरपालिका कृषि शाखाका प्राबिधिक प्रज्ज्वल केसी र टोल विकास संस्थाको तर्फबाट मनोरथ भट्टराईले बोल्दै करेला र घिरौला खेतीका छनौटमा परेको यस वडामा बिगत वर्ष देखि यहाँका कृषकले करेला, घिरौला उत्पादनमा जोड दिएको बताए । कार्यक्रममा सहभागीलाई वडा सदस्य दुर्गादेवी भण्डारी गौतमले धन्यवाद दिइन् ।

SHARE