रामपुरमा बेवारिसे नागरिकको उद्धार

0
337

सुशीला रेग्मी

पुस २९,२०७७ पाल्पा : रामपुर बजार क्षेत्रमा बेवारिसे रुपमा बसोबास गर्दै आएका नागरिकको उद्धार गरिएको छ ।
सडक किनार तथा बजारका पेटीमा बेवारिसे रुपमा जीवन जिउँदै आएका ५० वर्षीय एक पुरुषलाई उद्धार गरी मानव सेवा आश्रम रुपन्देही पठाइएको छ ।

बिगत डेढ वर्ष देखि रामपुर क्षेत्रमा बसोबास गर्दै आएका नामथर, ठेगाना नखुलेका पुरुषलाई रामपुर सुरक्षा बेस क्याम्प र रामपुर नगरपालिका वडा नं ५ को सहयोगमा उद्धार गरी मानव सेवा आश्रम पठाइएको हो । आश्रमसंग समन्वय गरी वडा नं ५ को कार्यालयले सिफारिस बनाएर रुपन्देही पठाएको वडा अध्यक्ष हिमाल मल्लले जानकारी दिए ।

“रामपुरमा बेवारिसे राख्ने आश्रम नभएको र हामीहरु संग पनि अन्यत्र सम्पर्क हुन सकेको थिएन, ढिलै भएपनि उद्धार गरी पठाउन सफल भएका छौँ” वडा अध्यक्ष मल्लले भने ।

लामो समय देखि बेवारिसे रुपमा बसोबास गरेका पुरुषलाई मानव सेवा आश्रमस्थल संग पुग्न लाग्ने यातायात खर्च र खानाको व्यवस्थापन गरेर पठाइएको वडा सदस्य साबित्रा गौतम बताउछिन्

SHARE