रामपुरमा ज्येष्ठ नागरिकलाई सम्मान

0
876

सुशीला रेग्मी

पुस २८,२०७७ पाल्पा : रामपुर नगरपालिका वडा नं ४ का ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । वडा कार्यालयले वडा भित्र बसोबास गर्ने ५६ जनालाई जाडोको न्यानो कपडा स्वीटरले सम्मान गरेको छ ।

वडा कार्यालय देविस्थानमा वडा अध्यक्ष एकबहादुर नेपालीको अध्यक्षतामा एक कार्यक्रम गरी ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो । वडा सदस्य मकबुल मियाँको स्वागतबाट सुरु भएको कार्यक्रमका प्रमुख अतिथि रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा रहनुभएको हो । ज्येष्ठ नागरिकलाई सम्मान गर्दै नगर प्रमुख थापाले ज्येष्ठ नागरिक समाजको मार्गदर्शक भएको हुदा सधै उहाँहरुको आशीर्वाद लिएर काम गरिएको बताउनुभएको छ ।
साथै उहाले ज्येष्ठ नागरिक बसोबासका लागि रामघाट क्षेत्रमा बृद्ध ग्राम स्थापना गर्ने कार्यक्रम रहेको जानकारी दिनुभएको छ । उपप्रमुख विष्णुदेवि घिमिरे आचार्यले उमेरले डाडापारिको घाम बन्दै गर्नुभएका बुबाआमाको सम्मानले सबैलाई काम गर्न आशिर्वाद मिल्ने बताउदै ज्येष्ठ नागरिकलाई माया र सद्भावका साथ पालनपोषण गरेमा मात्र पुण्य मिल्ने बताउनुभएको छ ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ऋषिराम आचार्यले ज्येष्ठ नागरिकलाई आफ्नै परिवारको अभिभावक सम्झेर सम्मान गरिएको बताउदै उहाँले खुशिका साथ जिवन जिउन अनुरोध गर्नुभएको छ । कार्यक्रममा नेपाली कांग्रेस वडा कार्यसमिति सभापति वसन्तराम ठाडा र नेकपा वडा कमिटी अध्यक्ष टेकबहादुर क्षेत्रीले बोल्दै वडाले ज्येष्ठ नागरिकलाई सम्झेर गरेको यस कार्यक्रम अत्यन्तै राम्रो रहेको बताउनुभएको छ । यसवर्ष वडाका ७० देखि ७५ वर्ष उमेर समुहका ५६ जनालाई जाडोको न्यानो स्वीटर दिएर सम्मान गरिएको वडा सदस्य सिमादेवी रानाले जानकारी दिनुभएको छ ।

वडाको ४० हजार वजेटबाट ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो । कार्यक्रम संचालन वडा सचिव रजनी भण्डारीले गर्नुभएको हो । कार्यक्रमका अवसरमा संचार माध्यमबाट वडाको कार्यक्रममा सहयोग पुर्याएको योगदानको कदर गर्दै राष्ट्रिय समाचार समिति (रासस) का संवाददाता तथा सामुदायिक रेडियो रामपुरका पत्रकार सुशीला रेग्मी र एभिन्युज टेलिभिजनका संवाददाता, रेडियो पाल्पामा कार्यरत पत्रकार ईमान सिं रानालाई सम्मान गरिएको छ ।
आर्थिक वर्ष २०७५ र ०७६ मा ८० वर्ष माथिका ३३ जना ज्येष्ठ सदस्य, आर्थिक वर्ष ०७६ र ०७७ मा ७५ वर्ष माथिका ५० जनालाई सम्मान गरिएको वडा सदस्य पार्वती परियारले बताउनुभएको छ । वडाले ज्येष्ठ नागरिकलाई सम्झेर गरेको सम्मान कार्यक्रमले ठुलो हौसला मिलेको ७२ वर्षिय बिनादेवि थापाले खुशि हुदै बताउनुभएको छ । वडाले हरेक वर्ष वजेट विनियोजन गरेर क्रमैसंग ज्येष्ठ नागरिकलाई सम्मान कार्यक्रम गर्दै आएको वडा सदस्य तिर्थबहादुर थापाले बताउनुभएको छ ।

SHARE