घोराही उपमहानगरले मोतियाबिन्दुको बिरामीको निःशुल्क उपचार गर्ने

0
577

पुस २५,२०७ दाङ :घोराही उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा १०० जना मोतियाबिन्दुका बिरामीहरुको निःशुल्क उपचार गर्ने भएको छ।

नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जअन्तर्गत सञ्चालित राप्ती आँखा अस्पताल र घोराही उपमहानगरपालिकाबीच मोतियाविन्दुको बिरामीको निःशुल्क शल्यक्रिया गर्ने सम्झौता भएको छ। अस्पतालका प्रशासक किरण पौडेल, उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी र जन स्वास्थ्य अधिकृत नारायणप्रसाद घर्तीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्

SHARE