रामपुरमा अभिमुखीकरण तथा दर्ता प्रणाली प्रशिक्षण कार्यक्रम

0
448

सुशीला रेग्मी

पुस १८,२०७७ पाल्पा ः अभिमुखीकरण तथा दर्ता प्रणाली प्रशिक्षण कार्यक्रम पाल्पाको रामपुरमा सुरु भएको छ ।

रामपुर नगरपालिकाको आयोजनामा भएको कार्यक्रम नगर प्रवक्ता तथा वडा नं ६ का अध्यक्ष हुमनाथ न्यौपानेको अध्यक्षतामा भएको हो । तीन दिन सम्म संचालन हुने तालिममा नगरभित्रका दशवटै वडाका अध्यक्ष, वडा सचिव, कार्यालय सहायकको सहभागीता छ ।
तालिम उद्घाटन कार्यक्रमको शुभारम्भ नगर प्रमुख रमणबहादुर थापाले गरे । तालिममा सहभागी भएर ध्यानपूर्वक ज्ञान सीप सिक्न सहभागीलाई नगर प्रमुख थापाले अनुरोध गरे। कार्यक्रम संचालन एम आई एस अपरेटर सुरेश रानाले गरे । कार्यक्रम संचालन सम्बन्धी एम आई एस अपरेटर प्रतिमा घिमिरेले जानकारी गराएको शुभारम्भ कार्यक्रममा सहभागीलाई स्वागत नगरपालिकाका कार्यालय सहायक सुन्दरी बस्ताकोटीले गरेकी हुन् ।

SHARE