रामपुरमा वडा समिति र टोल विकास संस्थाका पदाधिकारी बिच अन्र्तक्रिया

0
615

सुशीला रेग्मी

पुस १२,२०७७ गुल्मी :पाल्पाको रामपुरमा वडा समिति र टोल विकास संस्थाका पदाधिकारी बीच अन्र्तक्रिया कार्यक्रम भएको छ ।
रामपुर नगरपालिका वडा नं ५ को आयोजनामा वडा समिति र टोल विकास संस्थाका पदाधिकारीहरु बिच अन्र्तक्रिया कार्यक्रम भएको हो । वडा अध्यक्ष हिमाल मल्लको अध्यक्षतामा भएको अन्र्तक्रिया कार्यक्रममा सहभागीले आ आफ्ना टोलका समस्या र आगामी दिनमा गर्नुपर्ने कार्यक्रमबारे वडा समितिलाई सुझाव दिएका छन् ।

सहभागीलाई वडा सदस्य सावित्रा गौतमले स्वागत गर्नुभएको कार्यक्रमको उद्देश्यमाथि वडा सदस्य बिष्णुप्रसाद बस्यालले वडाले गरेका कामहरु र आगामी दिनमा गरिने वडाका योजना सन्दर्भमा जानकारी गराए ।
कार्यक्रम संचालन वडा सचिव महेशप्रसाद भट्टराईले गरेका थिए । सहभागीबाट आएका सुझाव र सल्लाहलाई वडा समितिले छनौट गरी आगामी कार्यक्रममा समावेश गर्ने वडा सदस्य माया नेपालीले बताइन् । टोल टोलमा अव्यवस्थित रहेका बिद्युत् पोल र तारको व्यवस्थापनका लागि सुन्दरटोल विकास समितिका संयोजक दोवराज तिवारीले अनुरोध गरे ।

कार्यक्रमकै अवसरमा फोहोरमैला व्यवस्थापनका लागि १२ वटा टोललाई एक सय २० वटा फोहोरमैला व्यवस्थापन गर्न डस्टबिन वितरण गरिएको वडा कार्यालयका सहायक सबिता रानाले जानकारी दिइन ।
रामपुर नगरपालिकाको मुख्य बजार वडा नं ५ मा पर्ने भएको हुदा बजार क्षेत्रबाट निस्कने फोहोरमैला व्यवस्थापनको लागि टोल टोलमा फोहोरमैला डस्बिन वितरण गरिएको वडा सदस्य काशीनाथ रेग्मी बताउछन्।

SHARE